२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

सुरक्षाकर्मी नै असुरक्षीत !



काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ८ : १५ बजे