२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

बारको भावी नेतृत्वका लागि मतदान जारी



काठमाडौं । अधिबत्ताहरुको साता संगठन नेपाल बार एशोसियनको भावी नेतृत्वका लागि मतदान जारी रहेको छ। आज बिहान ८ बजेदेखि सुरू भएको मतदान प्रकिया दिउँसो ४ बजे समापन हुनेछ ।

भावी अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने जनाइएको छ। यद्दपी, बारको भावी अध्यक्षका लागि समूहगत दुई र ३ जना स्वतन्त्र गरी पाँचजनाको उम्मेदवारी परेको छ । जसअनुसार वरिष्ठ अधिवक्ता प्रा।डा मिश्र, वरिष्ठ अधिवक्तासहित अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल भावी अध्यक्षका लागि प्रतिस्पर्धामा रहने छन् ।

नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  १२ : ४८ बजे