काठमाडौं । आइतबार काठमाडौं ‘विश्वकै’ प्रदूषित बनेको छ । वायुको अन्तर्रािष्ट्रय नियामक निकाय आईक्यू एयरका अनुसार, आइतबार बिहान १०ः१५ बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको पहिलो नम्बरमा छ । उक्त समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड ९एक्यूआई० २३३ छ ।
यो सूचीको दोस्रो स्थानमा रहेको भारतको दिल्लीको २१६ र अरू सहरको एक्यूआई २०० भन्दा कम छ ।
वातावरण विभागका अनुसार, यस दिन काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी तथा भक्तपुर उच्च प्रदूषित छ । उपत्यकाबाहिर दाङको देउखुरी र मुगुको रारा उच्च प्रदूषित छ ।
सोही समयमा देउखुरीको एक्यूआई १६० र रारा क्षेत्रको १५२ मापन भएको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । यता प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।