३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला दोहोरिए



काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुन: नियुक्त भएका छन्। थप अर्को कार्यकालका लागि कोइराला नियुक्त भएका हुन्।

बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो।

साढे २ दशक भन्दा लामो व्यावसायिक अनुभव बटुलेका कोइराला छोटो समयमा उल्लेख्य प्रगति हासिल गर्ने बैंकरको रुपमा परिचित छन्।

कोइरालाको पहिलो कार्यकालमा बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य सुधारसहित डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको बैंकले जनाएको छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ९ : ३३ बजे