१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नेपाली विद्यार्थीका ४२ अर्ब ९६ करोड मुलुकबाहिर

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिना (साउनदेखि असोज मसान्तसम्म)मा वैदेशिक अध्ययनमा गएका नेपाली विद्यार्थीले ४२ अर्ब ९६ करोड रुपैयाँ मुलुकबाहिर लगेका छन् । अर्थ मन्त्रालयका अनुसार, गत आर्थिक वर्ष २०८१र८२ को सोही अवधिमा वैदेशिक अध्ययनमा गएका नेपाली विद्यार्थीले ३२ अर्ब २२ करोड रुपैयाँ विदेश लगेका थिए ।