१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सूचना प्रविधि कम्पनीलाई दिने ऋण सुरक्षण गर्दै कुमारी बैंक, कर्जा सुरक्षण कोषसँग गर्‍यो सम्झौता



काठमाडौं। कुमारी बैंकले सूचना प्रविधि क्षेत्रलाई उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कोषले कोषले बैंकमार्फत सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीका लागि तयार पारिएको ‘केबीएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनिज’को पोर्टफोलियो सुरक्षण गर्नेछ। सम्झौतापछि यी कम्पनीहरूमा वित्तीय पहुँच प्रवर्द्धन गर्न थप सहज हुने विश्वास दुवै पक्षको छ।

कुमारी बैकले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

बैंकले नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेससँग साझेदारीमा काम गर्दै आएको छ। जसअन्तर्गत बैंकले यसका सदस्य कम्पनीहरूलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको जनाएको छ। साथै, बैंकले प्राविधिक विशेषज्ञता मार्फत यस्ता कम्पनीहरूको व्यावसायिक क्षमतालाई प्रवर्द्धन गर्दै आएको युएसएड ट्रेड एण्ड कम्पिटेटिभनेससँग विभिन्न तहमा सहकार्य गर्दै आएको छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ९ : ५१ बजे