काठमाडौं। बैंक तथा वित्तीय संस्थाको कुल ऋण लगानी ५० खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबारसम्मको तथ्यांक सार्वजनिक गर्दै कुल ऋण लगानी ५० खर्ब पुगेको जनाएको हो।
यद्यपि ऋणको वृद्धिदर भने निकै सुस्त हो। चालु आर्थिक वर्ष सुरु भएपछि कुल ऋण एक खर्ब २७ अर्ब रुपैयाँले मात्र वृद्धि भएको हो।
वाणिज्य बैंकहरुको मात्र हिसाब गर्ने हो भने( उनीहरुको कुल ऋण विस्तार ४४ अर्ब २४ अर्ब पुगेको छ।
बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप पनि ६० खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष सुरु भएयता मात्र २ खर्ब ५१ अर्बले बढेको छ।
निक्षेपको तुलनामा ऋणको वृद्धि आधा छ। यसले गर्दा अहिले बैंकहरुको कर्जा(निक्षेप अनुपात ९सीडी रेसियो० निरन्तर घटिरहेको छ। सोमबार सीडी रेसियो ८०।२५ प्रतिशत कायम भएको छ। ९० प्रतिशतसम्म सीडी कायम गर्न पाइन्छ। त्यस हिसाबले बैंक तथा वित्तीय संस्थाले ६ खर्ब रुपैयाँभन्दा बढी ऋण विस्तार गर्न सक्छन्।