३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

पर्यटनमन्त्री सुदन किरातीको अभिव्यक्तिमा राप्रपाको आपत्ति



काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

मन्त्री किरातीले ुक्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्ु भनी दिएको अभिव्यक्ति एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने भएको भन्दै राप्रपाले आपत्ति जनाएको हो।

राप्रपाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री किरातीले दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी भएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ुनेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ुक्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्ु भनी एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी छ।ु

मन्त्री किरातीको अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति भएको उल्लेख गर्दै राप्रपाले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति मन्त्री पदमा रहिरहन उपयुक्त नहुने बताएको छ। उसले मन्त्री किरातीलाई बर्खास्त गर्न पनि माग गरेको छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : २३ बजे