२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

कांग्रेसमा अन्तर्घात भन्ने रोग छ : देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेकोले त्यसलाई मुक्त गर्नुपर्ने बताएका छन्। 

कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले भने, ‘हाम्रो पार्टीलाई अन्तर्घातको ठूलो रोग लागेको छ। त्यसबाट मुक्त गरेर यो पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्न सहयोग गर्नुहोला। यो काम मधेस प्रदेशबाटै अघि बढ्नेछ भन्ने लागेको छ।’

सभापति देउवाले कार्यक्रममा छोटो बोलेका थिए। काठमाडौंबाट जहाज उडिसकेको र जनकपुरमा केही बेरमा अवतरण गर्ने भन्दै उनले बोल्न आफूसँग धेरै समय नभएको बताएका थिए।

‘यो ठाउँबाट भोलिका दिनमा नेपालको सुदृढीकरण र राजनीतिलाई बलियो बनाउने काम र का‌ंग्रेसलाई बलियो बनाउने काममा मद्दत गर्नुहुनेछ,’ उनले भने, ‘अहिलेको बेला समानुपातिक समावेशी प्रणाली भएकोले कसैको पनि बहुमत आउने सम्भावना धेरै कम हुन्छ। कांग्रेस अहिले ठूलो पार्टी भएको छ।’

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ३२ बजे