२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन खोज्नेका विरूद्ध मधेस जुरूक्क उठ्नुपर्छ: पूर्णबहादुर खड्का



नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन खोज्नेहरूका विरूद्ध सिंगो मधेस जुरूक्क उठ्नुपर्ने बताएका छन्।

बिहीबार जनकपुरधाममा भएको कांग्रेस मधेसको पहिलो सम्मेलन उद्घाटन सत्रमा बोल्दै खड्काले नेताहरूका बोली र व्यवहारमा गुनासा भए सच्याउन तयार रहेको बताए।

‘जनताले हालेको मतबाट आफ्नो मुलुकको शासन आफैंले गर्ने अधिकार भएको संविधानका विरूद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने, हामीसँग गुनासो मेट्ने बेला आउँछ। हाम्रा कमजोरी सच्याउन तयार छौं। काम र बोली बचन सच्याउन तयार छौं। त्यसका लागि सङ्कल्प गर्न तयार छौं,’ उनले भने, ‘तर त्यसका कारणले, हामीसँगका गुनासाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन खोज्नेहरूका विरूद्धमा सिंगो मधेस जुरूक्क उठ्नुपर्छ।’

मधेसले अहिलेको व्यवस्था रक्षा गर्नुपर्ने पनि उनले बताए।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ३७ बजे