२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ



काठमाडौं। सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार शितल निवासमा नवनियुक्त न्यायाधीशहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएका हुन्।

न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई न्यायाधीशमा नियुक्ति गरेका थिए।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ४९ बजे