काठमाडौं। नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका एसएमई, एमएफ र एसबी प्रमुख अमित श्रेष्ठ र उपाय बिजनेस सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागि वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागि बैंकका ग्राहकलाई उपाय बिजनेस सोलुसन्सको सेवा दिने छ। उपायले बैंकका ग्राहकलाई आवश्यकता बमोजिम क्षेत्रगत विशेषज्ञ सेवा उपलब्ध गराउनेछ।
बैंकका एसएमई, एमएफ र एसबी प्रमुख श्रेष्ठले यो सम्झौताले साना तथा मझौला उद्यमीको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। बिजनेस सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सहकार्यले उद्यमीका लागि निकै फलदायी हुने बताइन्।