
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद उपचार पद्वति हाम्रो मौलिक उपचार पद्वति भएको बताउदै यसको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरेका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको निस्शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्वतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन । आयुर्वेद उपचार पद्वति हाम्रो मौलिक उपचार पद्वति भएको बताउदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरे । मन्त्री बस्नेतले भने, ‘आयुर्बेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ । ’ आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरेको दावी गर्दै मन्त्री बस्नेतले विभिन्न रोगको उपचार स्थानिय स्वास्थ्य संस्थामै हुन सके जनताले उपचारकै लागि काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त हुने कुरामा जोड दिए ।