१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

कांग्रेसको केन्द्रीय समिति बैठक सकियो, निर्णय आइतबार सार्वजनिक गरिने



काठमाडौं । बिहिबार देखी शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिती बैठक सकिएको छ । पुस १२ गते सुरु भएको बैठक शनिबार सकिएको र निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस बैठकमा सरकारको कामको समीक्षा, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार चयन र समसामियक राजनीतिक विषयमा नेताहरुले धारणा राखेका थिए । यसैबीच

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ ।

बिहीबार सुरु भएर शनिबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भुगोललाई प्राथमिकता दिने गरी मापदण्ड बनउने निर्णय गरेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ११ : ०२ बजे