८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कांग्रेस केन्दीय कार्यसमितीको बैठकका ११ निर्णय सावर्जनिक,बालकुमारी घटनामा छानबिन समिति माग

कांग्रेस बैठक



काठमाडौँ । नेपाली कांग्रेसले दुई दिन बसेको केन्दीय कार्यसमितीको बैठकका निर्णय सावर्जनिक गरेको छ ।
। पुस १२ देखि १४ सम्म बसेको बैठकले समसामयिक विषय,राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक र मन्त्रीको कामको समीक्षा लगायतका ११ वटा निर्णय गरेको छ ।

यस्तै सहकारीको समस्या, संघीयता कार्यान्वयन, समुदायमा कांग्रेस, भ्रातृ संस्थाको म्याद थप, संयन्त्र गठन, मेलमिलाप दिवस र जाजरकोट भूकम्पबारे पनि निर्णय गरेको छ । कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।

कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।

कांग्रेसले ललितपुरको बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ । उच्चस्तरिय न्यायिक छानविन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कार्वाही गर्ने बैठकले माग गरेको छ ।

रोजगारीकै लागि विदेश जाने प्रक्रिया सम्बन्धी विवादवाट उत्पन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका कम्तीमा एकजना सदस्यलाई स्वदेशमै उचित रोजगारी प्रदान गर्ने कांग्रेले भनेको छ ।उच्चस्तरिय न्यायिक छानविन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कार्वाही गर्ने बैठकले माग गरेको छ ।

रोजगारीकै लागि विदेश जाने प्रक्रिया सम्बन्धी विवादवाट उत्पन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका कम्तीमा एकजना सदस्यलाई स्वदेशमै उचित रोजगारी प्रदान गर्ने कांग्रेले भनेको छ ।

यस्तै कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना समय अवधि थप गरेको छ ।

बैठकका निर्णयको (पुर्णपाठ)

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : ४३ बजे