८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

त्रिविको दीक्षान्त समारोह बन्यो ऐतिहासिक, राख्यो विेश्व रेकर्ड (प्रमाणपत्रसहित)



काठमाडौँ । त्रिभुवन विश्व विद्यालयको ४९ औँ दीक्षान्त समारोहमा विश्व रेकर्ड बनेको छ । ‘अफिसियल वर्ल्ड रेकर्ड’ नामक संस्थाले २६ हजार भन्दा बढी मानिसको भौतिक उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको भन्दै त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।

दीक्षान्त समारोहको इतिहासमै २६ हजार भन्दा बढीको सहभागिता रहेको र त्यसमा महिलासहितका महानुभावहरु ९अभिभावक, दीक्षित विद्यार्थी र अतिथिहरु० को उपस्थिति रहेको त्रिविलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले रेकर्डका लागि उक्त संस्थालाई अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न संस्थाको प्रतिनिधि टोली काठमाडौँ आएको थियो ।
राजधानीको दशरथ रंगशालामा सम्पन्न दीक्षान्त समारोहमा सहभागी हुन १२ हजार ४१५ जना विद्यार्थीले अनलाइनमार्फत आवेदन भरेका थिए। गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ३६ बजे