४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

सेवा प्रवाह सुचकमा ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौं पहिलो स्थानमा



काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौं सम्पादित स्वास्थ्य कार्यक्रमहरुमा उत्कृष्ठ भएको छ । काठमाडौं बागमती प्रदेशमा रहेको १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरु मध्ये प्रथम स्थान हासिल गरेको हो। गत आवमा सम्पादित स्वास्थ्य कार्यक्रमहरु तथा सेवा प्रवाह आदि मुख्य मुख्य सूचकहरुको आधारमा मुल्याङ्कनमा अगाडी देखिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले उत्कृष्ठ कार्यसम्पादका गरेको भन्दै बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले सम्मान समेत गरेको छ । सम्मान ग्रहण गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द प्रमुख डा. पुनम नेपालले आगामी दिनमा सेवा प्रवाहमा थप प्रभावकारी काम गर्न हौसला मिलेको बताइन ।

काठमाडौं जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका मातहत १्र१ वटा गरी जम्मा ५ वटा आयुर्वेद औषधालयहरु सञ्चालनरत छन् ।

साथै बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका र शङ्खरापुर नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र द्वारा सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रहरु सञ्चालनरत छन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ०९ बजे