३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गरौं : गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

तनहुँमा कांग्रेसले गरेको कार्यक्रममा सोमबार बोल्दै थापाले १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने दल राष्ट्रिय दल हुँदैन भन्ने व्यवस्था गर्न सकिने बताए।

जस्तै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने दल राष्ट्रिय दल हुँदैन भन्ने राखौं। त्यसकारण निर्वाचनअगाडि कांग्रेस, एमाले र कुनै पनि दलले गठबन्धन गर्न पाउँदैन,’ थापाले भने, ‘अनि कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन। यो अभ्यास थुप्रै देशमा पनि छ।’

एउटा दल अर्को दलसँग मिल्छ भन्ने डरले गठबन्धन गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ। गत वर्ष भएको प्रतिनिधि सभा, प्रदेश सभा र कतिपय स्थानीय तहमा कांग्रेसले तत्कालीन सत्ता गठबन्धनसँग तालमेल गरेर चुनाव लडेको थियो।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ३५ बजे