८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

एन्फाको सीईओमा तुलाधर नियुक्त, टिकट बिक्रीको २० प्रतिशत रकम खेलाडीलाई



काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदा टिकट बिक्रीबाट प्राप्त हुने रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने निर्णय गरेको छ ।

आज सोमवार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि निःशुल्क पास वितरण नगर्ने र टिकट बिक्रीको २० प्रतिशत रकम खेलाडीलाई दिने निर्णय गरेको हो ।

बैठकले शहीद स्मारक ुएु डिभिजन लिग फागुनको १५ गतेदेखि गर्ने निर्णय पनि पारित भएको छ । यस्तै एन्फाको विशेष साधारणसभा माघको ८ गते काठमाण्डौमा गर्ने निर्णय भएको छ ।

बैठकले एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा प्रवीणकुमार यादव नियुक्त भएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : ०० बजे