काठमाडौं। एनसलको सेयर खरिद बिक्रीको विषयमा सांसदहरुले प्रधानमन्त्रीमाथि प्रश्नको गरेका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको जारी बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीमा प्रधानमन्त्रीको परिवारको संलग्नतालाई लिएर प्रश्न सोधेका हुन्। सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरुले तपाईंको परिवारको संलग्नताको वास्तविकता के होरु भनी प्रश्न गरे।
कांग्रेस सांसद अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने र अम्बिका बस्नेतले एनसेल खरिद बिक्रीमा प्रधानमन्त्रीको परिवारका सदस्यलाई जोडिएर समाचार आइरहेको भन्दै यसबारे भरपर्दो छानबिनको माग गरे। ‘यो प्रकरणमा तपाईंको परिवारका सदस्यको नाम जोडिएको छ। यसमा कति सत्यता छरु,’ उनीहरुले प्रश्न गरे।
सांसद न्यौपानेले प्रधानमन्त्रीको परिवारसँग जोडिएपछि गणतन्त्रमाथि प्रहार भयो भनेर बचाउमा उत्रिने त होइन भनी प्रश्न गरिन्। यो प्रकरणमा कतिपयले प्रधानमन्त्री दाहालकी छोरी गंगाको नाम जोडेका छन्। गंगा प्रधानमन्त्रीकी स्वकीय सचिव हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानबिन समिति गठन गरिएकामा प्रश्न गरे। ‘दूरसञ्चार प्राधिकरण हुँदा हुँदै किन छानबिन समिति बनाइयोरु,’ उनले भने।