काठमाडौं । नेपाल पर्यटन बोर्डले समलिङ्गी पूर्व सभासद् सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको छ । नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमा पन्तलाई एम्बेसडर’ घोषणा गरिएको हो । (रेन्बो) पर्यटन सम्भाव्यता सम्बन्धी राष्ट्रिय परामर्श नाम दिइएको सो कार्यक्रमा पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, अमेरिकी राजदूतावास काठमाडौँका डेपुटी चिफ अफ मिसन जेसन पी।मिक्स, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी एम लादे, बेलायती दूतावासका स्याली डंकनले संयुक्त रूपमा पन्तलाई एम्बेसडर घोषणा गरेका हुन् । पन्त यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान र अधिकारका लागि नेपालमा पहिलो संस्थागत अभियान सुरु गर्ने ब्यक्ति हुन् ।
आगामी मार्चमा नेपाल पर्यटन बोर्ड,पहिचान फाउण्डेसन,मायाको पहिचान, द वल्ड बैंक,गोर्खाका इन्टरनेसनल रेन्बो,गोर्खा इन्टरनेसनल टाभलले संयुक्त रुपमा अन्तराष्ट्रिय रेन्बो टुरिजम सम्मेलनका आयोजना गर्दैछन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन नेपालको पर्यटन क्षेत्रका लागि गेमचेन्जर हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
५ माघ २०८०, शुक्रबार
252
Shares