सिन्धुपाल्चोक। स्वास्थ्य मन्त्री मोहन बस्नेतले आफुले निर्वाचनका बेला प्रतिवद्वता व्यक्त गरेका विकास निर्माणका काम पाँच वर्षमा पुरा गरिछाड्ने दावी गरेका छन् । हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार उद्घाटन गर्दै मन्त्री बस्नेतले स्थानिय जनताको आवश्यकता अनुसार काम गर्न आफु तयार रहेको बताउदै आफुले निर्वाचनका बेला प्रतिवद्वता व्यक्त गरेका विकास निर्माणका काम पाँच वर्षमा पुरा गरिछाड्ने दावी गरेका हुन् । उनले सो गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताएका छन् । बस्नेतले भने, ‘ यो वर्ष पनि हेलम्बुमा थुप्रै विकास योजना सुरु गरेका छौ । २६ करोड बजेट विनियोजन गरेका छौ । पाँच वर्षसम्म मैले प्रतिबद्वता गरेको भन्दा बढी काम गरेर देखाउने छु । ’ आपत विपतमा बेला सधै जनताको सारथी भएर काम गरेको स्मरण गर्दै मन्त्री बस्नेतले हेलम्बुमा ४ वटा स्वास्थ्य केन्द्र निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको र सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । स्वास्थ्य क्षेत्रको सुधारका लागि यसै वर्ष ३२ हजार जनशक्ति थप्ने प्रस्ताव गरेको बताउदै स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने गरि काम गरिरहेको दावी गरे ।
६ माघ २०८०, शनिबार
42
Shares