२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ह्रास,समग्र परिसूचक २५.६३ अंकले ओरालो



काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ह्रास आएको छ।

आइतबार समग्र परिसूचक २५.६३ अंकले ओरालो लागेको हो।

अघिल्लो कारोबार दिनको तुलनामा १.१८ प्रतिशले नेप्सेमा गिरावट आउँदा दुई हजार १३० अंकमा सूचक झरेको छ।
धेरै बैंकहरूको खराज कर्जामा सुधार नआएको र नाफा घटेको कारण यसको प्रभाव सेयर बजारमा देखिएको हो।

ुकु वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.४१ अंकले घटेर ३८६.२० अंकमा झरेको छ।

यसदिन ३०८ वटा ऋणपत्र तथा धितोपत्रको कारोबार हुँदा ९० वटाको मूल्य बढेको छ। त्यस्तै, २०२ वटाको मूल्य घटेको छ भने १६ वटाको मूल्य स्थिर छ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : २८ बजे