काठमाडौं । चालु आर्थिक बर्षको पुषसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १३.६२ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २८ करोड ४३ लाख ६३ हजार रुपैयाँले घटेको देखिएको छ ।
यो बैंकले चालु आवको ६ महिनामा जम्मा १ अर्ब ८० करोड १९ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तो नाफा गत वर्षको सोही अवधिमा २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ थियो ।
यो वर्ष बैंकले गत वर्षको तुलनामा ब्याज आम्दानी ३ अर्ब २९ करोड रुपैयाँले बढाउन सफल हुँदा पनि बैंकको खुद नाफा भने घट्न पुगेको छ ।
यो बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २६ अर्ब ७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
बैंकले यो अवधिमा ३ खर्ब ८९ अर्ब ०३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब १२ अर्ब ६० करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो बैंकको खराब कर्जा चालू आवको ६ महिनासम्ममा ४।७५ प्रतिशत रहेको छ । यस्तो खराब कर्जा गत वर्षको सोही अवधिसम्ममा ३।७१ प्रतिशत मात्रै थियो ।