७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

बागमती प्रदेशमा एकैपटक ११ सय १३ कर्मचारी माग (सूचना)



काठमाडौँ । बागमती प्रदेशको लोक सेवा आयोगले एकै पटक ११ सय १३ कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ। विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट मा प्रकाशन गरिएको छ।
कुन पदमा कति कर्मचारी मागियो ? सूचना सहित

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : ४१ बजे