काठमाडौँ । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीको पैसा लिएर सेयर पाएको र छाड्दा १ करोड ८० लाख खातामा लिएको समाचार बाहिरिएको छ । उक्त समाचार बाहिरिएपछि अहिले सञ्चार माध्याम र सामाजिक सञ्चालमा उक्त समाचारका इस्कृनसट भाइरल भइरहेको छन् । देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईको समूहमा उनका तत्कालीन व्यापारिक साझेदार रवि लामिछानेको प्रत्यक्ष भूमिका रहेको देखिएपछि सहकारी हिनामिना प्रकरणमा रवि पनि विवादमा तानिएका छन् ।
, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका वर्तमान सभापति तथा सांसदसमेत रहेका लामिछानेको समूहले गैरकानुनी रूपमा सहकारीको पैसा लिएर आफ्नो कम्पनीमा लगानी गरेको बिषय यस अघि सार्वजनिक भएको थियो । ९जीबी० राईको समूहले पोखराको सूर्यदर्शन सहकारीको डेढ अर्ब, साहारा चितवन बहुउद्देश्यीय सहकारीको करिब ८५ करोड हिनामिना गरेको भेटिएको छ । अहिले देशभरका आधा दर्जन सहकारीका ५० औं हजार सर्वसाधारणको बिचल्ली भएको छन् । यता सहकारीको पैसा लिएर सेयर पाएको र ग्यालेक्सी टिभी छाड्दा १ करोड ८० लाख खातामा लिएको समाचार बाहिरिएपछि लामिछानेले पत्रकार सम्मेलन गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा सारा प्रश्नहरु एकत्रित पार्न र त्यसको जवाफ दिन आफु रहेको बताएका छन् । उनले लेखेको छन्, गाली गर्न कोही छुट्नु भो किरु छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ूस्लिपू मा कोहि ूस्लिपू हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।