८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

एक्सनमा नगर प्रहरी, सार्वजनिक स्थानमा राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिदै



काठमाडौँ । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ।

आइतबार महानगरले सार्वजनिक स्थानबाट सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी बलले जनाएको छ ।अहिले नगर प्रहरी बलले सार्वजनिक स्थलबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका खैनी, गुट्का, पान(पराग चुरोटलगायत सबै किसिमका सुर्तीजन्य पदार्थ नियन्त्रण लिने काम गरिरहेको छ।

ुविद्यालय, मठमन्दिर, प्रतिक्षालय, अस्पताललगायत सार्वजनिक स्थानबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका सुर्तीजन्य पदार्थहरू नियन्त्रणमा लिएका छौं,ु उनले भने, ुयस्तै सार्वजनिक स्थानमा सेवन गर्नेलाई समेत कारवाही गरिरहेका छौं।ु

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी ऐनले सार्वजनिक स्थलको परिभाषा किटान गरेको छ।

उक्त कानुनले शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायत स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ एक सय मिटरसम्म बेच्न र प्रयोग गर्न निषेध गरेको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १२ : ०३ बजे