३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कोशीमा भोट तलमाथि हुने चिन्ता, कोइराला निवासमा नेताहरुको जमघट



काठमाडौ । सत्तारुढ गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई मैदानमा उतारेको छ। कांग्रेसका शीर्ष नेतामध्ये एक सिटौलाको भोट तलमाथि हुन नदिन महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा विराटनगरमा छन्। विराटनगरस्थित कोइराला निवासदेखि विभिन्न होटलहरूसमेतमा नेताहरूको आन्तरिक बैठक र जमघट जारी छ। कोइराला निवासमा आज कांग्रेस नेता डा शेखर कोइरालाले विशेष चियापान कार्यक्रम नै आयोजना गरे।

कांग्रेसका नेता डा। शेखर कोइरालासहित अन्य दर्जनबढी नेता पनि विराटनगरमा छन्। निर्वाचन आयोगले तोकेअनुसार प्रचारको समय सकिइसकेको छ। तर नेताहरू आफ्नो पक्षका मतदातालाई दायाँबायाँ हुन नदिन खटेका छन्।

कोशीमा कांग्रेसबाट विद्रोह गरेर केदार कार्कीले सरकारको नेतृत्व गरिरहेका छन्। कांग्रेसमा केही विवाद कायमै रहेकाले नेताहरूलाई भोट तलमाथि हुने चिन्ता छ। त्यहीकारण शेखरले कांग्रेसका मतदातादेखि नेताहरूलाईसमेत कोइराला निवासमा जमघट गराएका हुन्।

कोशी प्रदेशमा दुई वटा सिटका लागि चुनाव हुँदैछ। सिटौलालाई गठबन्धनले अन्य क्लस्टरबाट उठाएको छ। नेताहरू सिटौलाको क्लस्टरमा बढी केन्द्रित छन्।

विपक्षी गठबन्धन नेकपा एमाले र राप्रपाका नेता पनि कोशी प्रदेश केन्द्रित छन्। एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू पनि विराटनगर पुगिसकेका छन्।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : २४ बजे