काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृया अगाडि बढेको बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनका कारण ठूलो संख्यामा चिकित्सा शिक्षा पढ्न चाहने नेपालीले बिदेश जान बाध्यता बनेको भन्दै नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्ने प्रसस्त अवसरहरु प्रदान गर्न सरकारले पहल गरिरहेको दाबी गरे ।
मन्त्री बस्नेतले भने, ‘ अब अस्पतालहरुले विरामीको उपचार मात्र गर्ने होइन्, चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नु पर्छ । ’ चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षाको टि नबढाउने हो भने अवको पाँच वर्षमा देशमा चिकित्सक र नर्सहरुको अभाव हुने मन्त्री बस्नेतको भनाई छ । त्यस्तै उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने दाबी गरेका छन् । बस्नेतले भने, ‘ आउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुन्छ । यो काम गर्न सरकार तर्किने र पर्खेने वाला छैन । ’ स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई गर्ने निर्णय गरेर मन्त्रीपरिषद्मा पठाई सकेको जानकारी दिदे मन्त्री बस्नेतले यसका बिषयमा प्रधानमन्त्री सहित सिंगो मन्त्रीपरिषद् सकारात्मक भएकाले यसका बिषयमा चाडै टुंगोमा पुग्न लागेको दावी गरे । ‘ चिकित्सा शिक्षा आयोगसँग पनि यसका बिषयमा छलफल भइरहेको छ । सबै पक्ष सकारात्मक छ । चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृया अगाडि बढेको छ । ’ मन्त्री बस्नेतले भने, ‘ अब अस्पतालहरुले विरामीको उपचार मात्र गर्ने होइन्, चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नु पर्छ । ’ चिकित्सा शिक्षा ऐनका कारण ठूलो संख्यामा चिकित्सा शिक्षा पढ्न चाहने नेपालीले स्वदेशमा पढ्न नपाएको बताउदै मन्त्री बस्नेतले नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्ने प्रसस्त अवसरहरु प्रदान गर्न सरकारले पहल गरिरहेको दाबी गरे । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षाको टि नबढाउने हो भने अवको पाँच वर्षमा देशमा चिकित्सक र नर्सहरुको अभाव हुने मन्त्री बस्नेतको भनाई छ । कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा।युवानिधि बसौलाले बार्षिक विवरण प्रस्तुत गरेका थिए ।
१० माघ २०८०, बुधबार
0
Shares