३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर मार्सल पक्राउ, कारागारा चलान



काठमाडौँ । पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर जीतमान पुन ‘मार्सल’ पक्राउ परेका छन्।

गत माघ ७ गते नै उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका उनलाई प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका छन्।

भट्टराईले पुनलाई ुजनयुद्धकालीनु मुद्दामा गिरफ्तार गरेको दाबी गर्दै विरोध गरेका हुन्।

‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ। हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं,’ भट्टराईले बुधबार सामाजिक सञ्जाल एक्समा लेखेका थिए।

प्रहरीले भने पुनलाई ुजनयुद्धकालीनु मुद्दामा नभई लागुऔषध मुद्दामा पक्राउ गरिएको बताएको छ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ११ : १७ बजे