३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कोशी प्रदेशमा सत्तागठन्धलाई धक्का, एमालेकी रूक्मिणी कोइराला विजयी



काठमाडौँ । कोशी प्रदेशमा सत्तागठन्धलाई धक्का लागेको छ । सत्तागठबन्धकी उम्मेद्वार चम्पादेवी कार्कीलाई पछि पार्दै नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी हुन् । उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।

कार्की माओवादी केन्द्रबाट सत्ता गठबन्धनको उम्मेदवार भएकी थिइन्।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ुफ्लोर क्रसु गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन्।

स्थानीय तहमा सत्तागठबन्धनका १७ जना जनप्रतिनिधि र प्रदेशमा तीन जना सांसदले ुफ्लोर क्रसु गरेको पाइएको छ।

राष्ट्रिय सभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाले तालमेल गरेका थिए।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : १६ बजे