८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

चन्द्रागिरि प्राथमिक अस्पतालमा डायलासिस सेवा संचालन गर्ने सम्झौता



काठमाडौँ । चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा संचालान गरिने भएको छ ।
बुधबार चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स किड्नी डायलासिस प्रोजेक्ट कमिटी बीच सम्झौता भएको हो ।
चन्द्रागिरि नगरपालिका वडा नं ४ को प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा संचालन हुनेछ ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ भ्, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौँ ग्लोबलको सहजीकरणमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा उक्त डायलासिस सेवा संचालान हुनेछ। ६ महिना भित्रनै उक्त सेवा सुचारु हुने बताइएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ४ : ०६ बजे