१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष पदमा जागिरको आवेदन खुल्यो



काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गरेर दरखास्त माग गरेको हो।

दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका व्यक्तिले दरखास्त दिन सक्नेछन्।

कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएको, तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

सूचना प्रकाशित भएको मितिले सात दिनभित्रमा आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ।

एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरूषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि नवराज अधिकारीलाई कार्यवाहक तोकिएको थियो।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ३३ बजे