८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

विद्युत् खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सांसदहरुको माग



काठमाडौँ ।प्रतिपक्ष दलहरुले भारतसँग हालै गरिएको विद्युत् खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै प्रतिपक्ष दलका नेताहरुले सम्झौता सार्वजनिक गर्न दवाव दिए । एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सो सम्झौता तत्काल संसदीय समितिमा पेस गर्न सरकारसँग पटकपटक माग गर्दा पनि अटेर गरेको भन्दै आपत्ति जनाए ।

उनले संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगर्ने कुरा कुनैपनि हालतमा स्वीकार्य नहुने चेतावनी दिँदै तत्काल समितिका उपलब्ध गराउन ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ५१ बजे