८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा कुन-कुन पार्टीका शिर्ष नेताले के भने ?



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन्।

नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।

दुईजना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उनले आशंका व्यक्त गरे।

त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भीर हुनुपर्ने उनले बताए।

ुकेही चीज गम्भीर लागेको छ। यो सामान्य छैन। दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ। इपीएसमा जे–जस्ता गतिविधि भएका छन्,ु उनले भने, ुगाडी जलाउने गतिविधि छ। चिज त्यस्तो छैन जस्तो देखिएको छ।ु

प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपर्थ्यो भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको बताए। यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उनले स्पष्ट गरे

ुत्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैनरु भन्ने अहिले मेरो कुनै प्रमाण होइन,ु उनले भने।

आफुले उक्त घटनालाई गम्भीर रूपमा लिएर उच्चस्तरीय छानबिन आयोग बनाइएको दाहाले बताए। ुमन्त्रीलाई पनि भित्रै जलाउनुपर्थ्यो, छोडेछन् भन्ने के भाष्य होरुु, उनले प्रश्न गरे, ुप्रमुख तीन दलका प्रमुख नेताको टाउको काटे २० लाख दिन्छु भन्ने के संस्कार होरुु

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले विपि कोइराला नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व भएको कुरामा कसैको बिमति नरहेको उनले बताए। जनुसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू विपी स्कुलबाट प्रभावित भएको उनको भनाइ थियो।

विश्वको उच्चतम राजनीतिक व्यवस्था लोकतान्त्रिक व्यवस्था भएको बताउँदै उनले जनताको बीचमा लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष जनतालाई बुझाउनुपर्ने बताए।

त्यसको जिम्मेवारी लोकतन्त्रका लागि संर्घष गरेका दलहरूकै भएको उनको भनाइ थियो। ुराष्ट्रिय एकता तथा मेलमिलापलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा नयाँ संकल्प गर्ने अवसरको रूपमा लिनुपर्दछु, उनले भने।

ुलोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, लोकतान्त्रिक गणतन्त्र भन्दा राम्रो व्यवस्था अहिलेसम्म मानवजातिले विकास गर्न सकेकै छैन । यो कुरालाई जनतासमक्ष लानुपर्थ्यो त्यो हामीले सकेनौं। लोकतान्त्रिक गणतन्त्रमार्फत शान्ति, विकास र समृद्धि दिन हामी सबै समकालिन नेताहरू लाग्नैपर्छ। मैले आजको यो कार्यक्रमलाई एउटा नयाँ एउटा प्रतिबद्धता, संकल्प लिने दिनको रूपमा लिन जरुरी ठानेको छुु, दाहालले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन्।

नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।

दुईजना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उनले आशंका व्यक्त गरे।

त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भीर हुनुपर्ने उनले बताए।

ुकेही चीज गम्भीर लागेको छ। यो सामान्य छैन। दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ। इपीएसमा जे–जस्ता गतिविधि भएका छन्,ु उनले भने, ुगाडी जलाउने गतिविधि छ। चिज त्यस्तो छैन जस्तो देखिएको छ।ु

प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपर्थ्यो भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको बताए। यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उनले स्पष्ट गरे

ुत्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैनरु भन्ने अहिले मेरो कुनै प्रमाण होइन,ु उनले भने।

आफुले उक्त घटनालाई गम्भीर रूपमा लिएर उच्चस्तरीय छानबिन आयोग बनाइएको दाहाले बताए। ुमन्त्रीलाई पनि भित्रै जलाउनुपर्थ्यो, छोडेछन् भन्ने के भाष्य होरुु, उनले प्रश्न गरे, ुप्रमुख तीन दलका प्रमुख नेताको टाउको काटे २० लाख दिन्छु भन्ने के संस्कार होरुु

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले विपि कोइराला नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व भएको कुरामा कसैको बिमति नरहेको उनले बताए। जनुसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू विपी स्कुलबाट प्रभावित भएको उनको भनाइ थियो।

विश्वको उच्चतम राजनीतिक व्यवस्था लोकतान्त्रिक व्यवस्था भएको बताउँदै उनले जनताको बीचमा लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष जनतालाई बुझाउनुपर्ने बताए।

त्यसको जिम्मेवारी लोकतन्त्रका लागि संर्घष गरेका दलहरूकै भएको उनको भनाइ थियो। ुराष्ट्रिय एकता तथा मेलमिलापलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा नयाँ संकल्प गर्ने अवसरको रूपमा लिनुपर्दछु, उनले भने।

त्यस्तै नेपाल कांग्रेशका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताएका छन् ।

सोमबार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताएका हुन् । उनले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिए। उनले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

‘‘बिपी कोइरालाले ल्याएको नीतिको मेलमिलाप र एकतामा प्रभाव छ । अहिले हाम्रो देशमा यसको आवश्यकता अझै बढेको छ । अनेक किसिमका बहाना खोज्नेहरु लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो । यसको विकल्प छैन । लोकतन्त्र र गणतन्त्रको विकल्प अझ राम्रो गर्नु हो । कसैले पनि यसको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’’

सभापति देउवाले एकअर्काप्रति कडा प्रतिस्पर्धाका बीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताए।

उहाँले भन्नुभयो, ‘‘अब अहिलेको बेलामा अत्यन्तै आवश्यकता छ । सानो देश हो यो । हाम्रो देशमा आफ्ना मतभेदहरु, पार्टीगत वैचारिक मतभेद, पार्टीका प्रतिस्पर्धाहरुदेखि लिएर हाम्रा आफ्ना कुरा छन् । नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरु एक ठाउँमा बस्ने जुन संस्कार बनेको छ, सायद धेरै कम छन्, मान्छे छक्क पर्छन् । एउटा पार्टीको कार्यक्रममा अरु नेता आएको देख्दा विदेशबाट आउने मानिसहरु छक्क परेका हुन्छन् । प्रतिस्पर्धाका बाबजुत एकअर्काप्रति कडा प्रतिस्पर्धा हुन्छ, त्यसका बाबजुत पनि बोलीचाली, मेलमिलापको वातावरण छ, यो धेरै कम देशमा छ ।’’ सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए

सोही कार्यक्रमा पुगेका सत्तारुढ नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने बालकुमारी घटना र आफना मन्त्रीको बचाउँमा बोले । उनले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन्।

नेकपा ९एस० का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेको चर्चा भईरहेका बेला उनको सो प्रतिक्रियँ आएको हो।

अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको शिलाशिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यक्ता नभएको पनि बताए।

उनले भने, ‘बालकुमारीमा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको थियो। ठयाक्कै त्यो ठाउँ कता त मलाई थाहा छैन। आमनेसामने वा सम्भवतः त्यो पश्चिमतिर होला। हाम्रो बैठक बसिरहेको थियो पूर्वतिर। हामीमा बैठकमा पूरै व्यस्त थियौँ थाहा भएन। त्यसपछि उहाँ९मन्त्री प्रकाश ज्वाला० सरकारी कामको शिलशिलामा बाहिर निस्कनु भएछ। त्यसमा फस्नुभएको हो।’

उनले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए। अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरु जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए।

यता सोही कार्यक्रममा पुगेको प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको बालकुमारी घटनाको मुख्य दोसी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेको रहेको आरोप लगाए । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘मान्छे मारिए किन रु मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपरेको रु नगई नहुने त्यहाँ के पर्‍यो रु हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो रु’’
त्यस्तै उनले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन् ।
उनले कांग्रेसभित्र कुनै राजनीतिक तरङ्ग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गरे ।

अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट गरेको कांग्रेसको तलाउमा एउटा ढुङ्गा फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने इच्छा नभएको अध्यक्ष ओलीको जिकिर थियो । अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताए ।

नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्कनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।सो दिनको अबसर पारेर कांग्रेसले सोमबार संबिधान निर्माणमा सहभागी रहेका दलहरुलाई कार्यक्रमा निम्ता दिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ११ : ४४ बजे