काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आजको मन्त्रीस्तरीय निर्णयबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि पौडेल निलम्बनमा परेका छन् ।