काठमाडौ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत अपचलनमा थप दुई जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
जिल्ला अदालत कास्कीले सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो।
सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित अर्याल र गुरूङ पनि फरार थिए।
उनीहरूले मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएपछि जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश थापाको इजलासले अर्याल र गुरूङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।