१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

बरहथवा घटनाका मृतक परिवारलाई दश लाख दिने सरकारको निर्णय, छानबिन समिति गठन

सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शन



काठमाडौं। सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शनिबार तीन सदस्यीय समिति गठन भएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।

सरकारले मृतकका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय गरेकोसमेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : ३३ बजे