२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

दाहालको कोभिड नसोचेको-नभोगेको सङ्कट’ सार्वजनिक



काठमाडौ । पत्रकार दिपा दाहालको पुस्तक कोभिड नसोचेको सङकट सार्वजनिक भएको छ । धेरैले बिर्सेको कोरोना प्रभावबारे लेखिएका पुस्तक कोभिड नसोचेको सङकट शनिवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । पुस्तकको बिमोचन नेत्र विशेषज्ञ डा.सन्दुक रूइत डा.अनुप सुवेदी डा.अर्जुन कार्की र गणेश बस्नेत लगायतले गरेका हुन् ।

लेखकदाहालले कोभिडको संकटको बेला गरेको अनुभव सुनाउँदै भनिन्,’आफूले विभिन्न संकट हुँदा जोखिमपूर्ण रिपोर्टिङ गर्न पाएँ। लकडाउनको पहिलो दिन बाहिर जाँदा खुट्टासमेत कामे, सडकमा आफूलाई कमजोर ठान्दा हस्पिटलको त्यो जोखिम देखेर आफ्नो मनलाई बलियो बनाए। कोरोना संक्रमितलाई उपचारको सहज गराउन अस्पताल लग्दिन्थे तर भोलिपल्ट मृत्यु भएको सुन्नुपर्दा मन खिन्न हुन्थ्यो।’

पुस्तकको बिशेषज्ञका रुपमा समेत सघाएका डा.अनुप सुबेदीले यस्तो किताब निकाल्दा त ऐतिहासिक हुन्छ निकालौँ भनेर लेखकलाई सुझाएको बताए ।उनले भने ,’यस्तो किताब निकाल्दा त ऐतिहासिक हुन्छ निकालौँ भनेर दिपालाई भनेँ

लेखक दाहालले स्वास्थ्य बिटमा लामो समय रिपोटिङ गरेकी थिएन् । हाल उनले इन्भेष्टिगेटिभ स्टोरीमा कलम चलाउँछिन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ३८ बजे