काठमाडौ । राष्ट्रिय सभा निर्वाचनका लागि आज उमेद्वारहरुले निर्वाचन आयोगमा मनोनयन दर्ता गरेको छन् ।
राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। सोही अनुसार दलका उमेद्वारहरु आफ्नो मनोनयनका लागि आयोगका पुगेका छन् । आयोगले आजै उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ।
भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ। पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
नामावली उपर दाबी विरोधको सूचना दिन आयोगले भोलि बिहान १० देखि ४ बजेसम्मको समय तोकेको छ।
मनोनयनपत्र र उजुरी पत्रमा जाँचबुझ गरी उम्मेदवारीबारे आयोगले पुस २५ गते निर्णय गर्नेछ। त्यसपछि २६ गते पुनः नामावली सार्वजनिक गर्नेछ।
उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिनका लागि पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन २ बजेसम्म आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ।