२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मुक्तिनाथ विकास बैंक बार्षिक उत्सवमा आविष्कार केन्द्रलाई गर्‍यो ५ लाख रुपैयाँ सहयोग



काठमाडौं। मुक्तिनाथ विकास बैंक १८औं वर्षमा प्रवेश अवसरमा बैंकले बिहिबार राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलका लागि ५ लाख रुपैयाँ सहयोग गरेको हो।

देशका क्षेत्रीय तथा शाखा कार्यालयमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति, दृष्टिविहीन नागरिकलाई सेतो छडी र अनाथालय तथा बृद्धाश्रममा विभिन्न सामग्री वितरण गरिएको बैंकले प्रेस विज्ञप्‍तिमार्फत जानकारी दिएको छ।

बैंकले वृहत रक्तदानका साथै १० वर्षभन्दा लामो समयदेखि कार्यरत १३५ कर्मचारीलाई सम्मान गरेको छ।

सञ्चालक, पूर्वसञ्चालक, संस्थापक सेयरधनी, व्यवस्थापक, शाखा प्रबन्धक लगायतको उपस्थितिमा गरिएको कार्यक्रममा बैंकका अध्यक्ष भरतराज ढकालले सेवालाई थप स्तरीय बनाउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : ३१ बजे