२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा दिलीपकुमार ढुंगाना, लिए सपथ



काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त सञ्चालक समिति अध्यक्ष दिलीपकुमार ढुंगानाले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सपथ लिएका हुन्।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो। उनले व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका छन्। उनले बिहीबार नै पदबहाली गरेका छन्।

यसअघि बैंकको सञ्चालकमा अनलकुमार भट्टराई नियुक्त भइसकेका छन्।

आगामी चैतमा बैंकको प्रमुख कार्यकारी अधिकृत पद खाली हुँदैछ। दुई कार्यकाल पुरा गरेर किरणकुमार श्रेष्ठ अवकाश हुँदैछन्।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : ४० बजे