काठमाडौं । गृह मन्त्रालयले एकैपटक १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ ।
गृह मन्त्रीस्तरीय निर्णयानुसार उनीहरूको सरुवा गरिएको हो । जसअनुसार सात वटै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्यारत प्रहरी प्रवक्ता कुुबेर कडायतलाई लुम्बिनी प्रदेश सरुवा गरिएको छ । अख्यियारका कार्यरत चन्द्रकुबेर खापुङ कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर पुगेका छन् । त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज रहेको यज्ञ बिनोद पोखरेल मधेस प्रदेशमा सरुवा गरिएको छ ।