१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो “Hyundai New Year Delight 2024” योजना, अफर पुष १६ देखि लागू



हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले नयाँ वर्षलाई मध्यनजर गर्दै “Hyundai New Year Delight 2024” योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही पुष १६, २०८० देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ।

यस योजना अन्तर्गत, ग्राहकहरुले रु. ५,००,००० सम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप रु. ५०, ००० सम्मको गो-ग्रीन बोनसका साथै गाडीको  मोडल इएरको आधारमा रु. ५,००,००० सम्मको छुट प्राप्त गर्न सक्ने छन्| यो योजनामा ग्राहकहरुलेगाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

सबै हुन्डाई  ICE गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र EV गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन्। यस स्किमबाट हुन्डाईको कुनैपनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाईदा लिन सकिनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३+ चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : २० बजे