२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

बीवाइडीले एक बर्षमै बिक्री गर्यो ३० लाख युनिट गाडी, नेपालमा पनि आक्रमक बजार विस्तार गर्दै



काठमाडौं । बिद्ध्युतिय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको बिवाइडीले सन् २०२३ मा ३० लाखभन्दा बढीको संख्यामा विद्युतीय सवारी साधनहरू बिक्री गरेको छ।

बिवाइडीले २०२३ को अन्त्यसम्ममा ३० लाख २४ हजार ४१७ विद्युतीय गाडीहरू बेचेको बताएको छ।

यसले दिगो साधनहरूको विकासमा बिवाइडीको प्रतिवद्धतालाई पनि देखाएको कम्पनीको भनाइ छ।

वार्षिक मापदण्डमा ४५.०५ को वृद्धि देखाउँदै बिवाइडीले डिसेम्बर २०२३ मा कुल मासिक ३ लाख ४१ हजार ४३ न्यू इनर्जी गाडीहरू (एनइभी) बिक्री गरेको थियो।

वर्षको अन्तिम महिनाको यस प्रदर्शनले बिवाइडीलाई विद्युतीय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सहयोग गरेको कम्पनीको भनाइ छ।

२०२२ मा पनि बिवाइडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै १८ लाख ६० हजार विद्युतीय गाडीहरू बेचेको रेकर्ड बनाएको थियो।

दिगो पर्यावरणीय संरक्षण र नवीन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै बिवाइडीलाई विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको कम्पनीले बताएको छ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : ३७ बजे