८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सन्राइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लि.को एकीकृत कारोवार मंगलबारबाट सुरु



काठमाडौं । सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा मर्ज भई आजदेखि एकीकृत कारोबार सुरू गरेका छन् । दुई क्यापिटल मर्ज भई ‘लक्ष्मी सनराइज (एलएस क्यापिटल )’को नामबाट एकीकृत कारोबार थालेका हुन् ।

आज कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा एक समारोहका बीच साबिकको लक्ष्मी क्यापिटलका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो ।

एकीकृत कारोबारपछि क्यापिटलले ग्राहकलाई थप सशक्त रुपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ । न सकिने विश्वास क्यापिटलले लिएको छ ।

मर्जरपछि क्यापिटलको एकीकृत चुक्ता पूँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : ४६ बजे