काठमाडौं। प्रहरीले तपस्वी रामबहादुर बम्जन भन्ने राम लाल बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गरेका छ । हिजो साझ पक्राउ परेको बम्जनलाई सिआइबीले सार्वजनिक गरेको हो । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँमा बस्दै आएका बम्जनको घरबाट तीन करोड तीन लाखभन्दा बढी नेपाली रुपियाँ बरामद गरेको छ । तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपियाँ, विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ विदेशी मुद्रा गरी तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपियाँ बरामद गरिएको सिआइबीले जनाएको छ ।
यसैगरी, प्रहरीले मोटरसाइकलको बिलबुक तीन थान, गाडीको चाबी एक थान, विभिन्न ब्राण्डका पेन ड्राइभ २० वटा, भ्याइस् रेकडर एक थान, मेमोरी कार्ड दुई थान, ल्यापटप दुई थान, मोबाइल १४ थान तथा आइप्याड र ट्याप पाँच थान बरामद गरेको छ ।बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको सिआइबीले बताएको छ ।
बम्जनको खोजतलास गर्ने क्रममा मङ्गलबार राति १९ः १५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा ब्युरोको टोलीले पक्राउ गरेको हो । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदातले २०७६ साल माघ २३ गते नै बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।