२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै,राष्ट्रपति पौडेलद्वारा शाहको सालिकमा माल्यार्पण

४० दिन सरकारमा रहेको राप्रपाले राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक विदा दिन दबाब सिर्जना गरेको थियो



काठमाडौं । ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपालको एकीकरण अभियानका मुख्य भुमिका पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ ।तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्न लडाई लडेको थिए । उनै शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । यस अघिको एमाले नेतृत्वको सरकारले बिदा कटौटी गरेको थियो । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहित ४० दिन सरकारमा रहेको राप्रपाले राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक विदा दिन दबाब सिर्जना गरेको थियो ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ५२ बजे