७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

स्वास्थ्य बीमा बोर्डले घटायो अस्पताललाई तिर्ने ओपीडी र आकस्मिक शुल्क,माघ ८ गतेदेखि लागु हुने



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले माघ ८ गतेदेखि लागु हुने गरीअस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क घटाएको छ ।

बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको स्वास्थ्य बीमा बोर्डले बताएको छ ।

बोर्डको आइतबारको बैठकले निर्धारण गरेको नयाँ शुल्क अनुसार अब बीमामा आवद्ध व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्ने छ । यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो ।

‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट २०० र इमरजेन्सी प्याकेज कस्ट ४०० रहेकामा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकाले सो प्याकेज कस्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क ५० र इमर्जेन्सी शुल्क १०० निर्धारण गरियो,’ बोर्डको निर्णयमा उल्लेख छ ।

बोर्डले सूचीकृत भएका स्वास्थ्य संस्थामा उपलव्ध नहुने अवस्थामा रिफर सेवा लिन पाइने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ५१ बजे