८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

उच्च मूल्यमा अलैँची, प्रतिमन ७७ हजारमा कारोबार,किसान दंग



ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन ९४० किलोग्राम० ७७ हजार रुपियाँमा कारोबार भएको हो ।

मङ्गलबार कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च भएको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताए। फुङ्लिङ बजारका स्थानीय व्यवसायीसमेत रहेका रेग्मीले चलनचल्तीको अलैँची प्रतिमन ७७ हजार रुपियाँसम्ममा कारोबार भएको जानकारी दिए।

उनका अनुसार केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर वृद्धि हुँदै आएको थियो । स्थानीय बजारमा प्रतिमन ७७ हजार रुपियाँले कारोबार भएको अलैँची झापाको बिर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको उनको भनाइ छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् ।

अहिलेको अलैँचीको मूल्य यस वर्षको मात्र नभई चार÷पाँच वर्षयताकै राम्रो हो । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् ।

स्थानीय व्यवसायीका अनुसार पछिल्लो चार÷पाँच वर्षभित्र प्रतिमन न्यूनतम २० हजार र अधिकतम ३५ हजार रुपियाँसम्ममा मात्र अलैँचीको कारोबार भएको छ ।

यस वर्ष भने नयाँ अलैँची बजारमा निस्कन थाल्दा नै प्रतिमन ६० देखि ६५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । स्थानीय व्यवसायीका अनुसार मुख्य याम ९सिजन० सुरु भएपछि अलैँचीको सुरुको मूल्य घटेर प्रतिमन ५३ देखि ५८ हजार रुपियाँसम्म आइपुगेको थियो । अलैँचीको सो मूल्य घटबढ हुँदै निकै लामो समयसम्म कारोबार भएकोे व्यवसायी कमल बरालले बताए।

हिजोआज अलैँचीको मूल्य निरन्तर वृद्धि भइरहे पनि धेरै अलैँची बिव्रmी गरिसकेको किसानले बताएका छन् । त्यस्तै यो वर्ष अलैँची उत्पादनमा पनि कमी आएको उनीहरूको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेक्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १२ : ३७ बजे